Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महाधिवेशनको तयारीमा जुम्यो रास्वपा, व्यवस्थापनका लागि तोकिए १८ उपसमिति

महाधिवेशनको तयारीमा जुम्यो रास्वपा, व्यवस्थापनका लागि तोकिए १८ उपसमिति


  • 1.0K
    Shares

    महाधिवेशनको तयारीमा जुम्यो रास्वपा, व्यवस्थापनका लागि तोकिए १८ उपसमिति
    images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उपसमिति गठन गरेको हो । 

    महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदै छ। 

    सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । समिति सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ्ग रहेका छन्। त्यस्तै मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल समिति सदस्य छन्। सबै केन्द्रीय समिति सदस्य र सबै प्रदेश सभापतिहरू पनि समितिको सदस्य रहेका छन्। 

    यस्ता छन् उपसमिति

    १.कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति 

    २.गुनासो व्यवस्थापन उपसमिति

    ३.प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति

    ४.आर्थिक व्यवस्थापन उपसमिति

    ५.महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति 

    ६.कानुनी समन्वय उपसमिति

    ७.प्रचार प्रसार तथा सञ्चार समन्वय उपसमिति

    ८.सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति

    ९.सूचना प्रविधि उपसमिति

    १०.आवास तथा भोजन व्यवस्थापन उपसमिति

    ११.अतिथि सत्कार उपसमिति

    १२.हल तथा  मञ्च व्यवस्थापन उपसमिति

    १३।स्वास्थ्य सेवा उपसमिति

    १४.सांस्कृतिक कार्यक्रम उपसमिति

    १५.यातायात व्यवस्थापन उपसमिति

    १६.स्थानीय समन्वय सहकार्य उपसमिति 

    १७.अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति

    १८.अनुशासन उपसमिति

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - ११:४०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij