Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अब फेरिनेछ टुँडिखेलको रूप: उजाड मैदानमा दुबो रोप्न थालियो

अब फेरिनेछ टुँडिखेलको रूप: उजाड मैदानमा दुबो रोप्न थालियो


  • 722
    Shares

    अब फेरिनेछ टुँडिखेलको रूप: उजाड मैदानमा दुबो रोप्न थालियो
    images

    काठमाडौं । टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ विशेष अभियान सुरु गरिएको छ। ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत टुँडिखेलको खुला मैदानमा दुबो रोप्ने कामको औपचारिक सुरुवात गरिएको हो।

    काठमाडौँ महानगरपालिका, नेपाली सेना तथा अन्य सम्बन्धित निकायहरूको आपसी समन्वय र सहकार्यमा टुँडिखेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको छ। वर्षौँदेखि अत्यधिक धूलो उड्ने, घाँसविहीन रहने र कतिपय स्थानमा उजाड देखिने टुँडिखेलको स्वरूपलाई परिवर्तन गरी हराभरा बनाउन यो अभियान अघि बढाइएको हो। 

    टुँडिखेलको विभिन्न भागमा क्रमशः हरियो दुबो विस्तार गर्दै लगिने योजना छ। यस कार्यले टुँडिखेलको समग्र सौन्दर्यलाई बढाउने मात्र नभई काठमाडौँको मुख्य सहरी क्षेत्रमा धूलो नियन्त्रण गर्न र वातावरणीय सन्तुलन कायम राख्न समेत ठुलो मद्दत पुग्नेछ। 

    दुबो रोपेर मात्र नछोडिने र यसको दिगोपनका लागि नियमित सिँचाइ, उचित संरक्षण र दीर्घकालीन व्यवस्थापनको काम पनि सँगसँगै गरिनेछ। हाल वर्षायाम सुरु हुन लागेकाले यो समय दुबो रोप्नका लागि प्राविधिक रूपमा सबैभन्दा उपयुक्त मानिन्छ। त्यसैले दुबो सजिलै सरोस् र राम्रोसँग फैलियोस् भन्ने उद्देश्यले अहिले कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ।

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १०:५६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij