Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपालाई विश्वप्रकाशको प्रश्नः सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा पार्टीको धारणा के हो ?

रास्वपालाई विश्वप्रकाशको प्रश्नः सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा पार्टीको धारणा के हो ?


  • 1.1K
    Shares

    रास्वपालाई विश्वप्रकाशको प्रश्नः सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा पार्टीको धारणा के हो ?
    images

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहले आज सीमाबारे संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो भन्ने प्रश्न गरेका छन्।

    सांसदहरूसँग प्रश्नोउत्तरका क्रममा आज प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको बताएका थिए।

    'यो विषय कुटनीतिक रूपमा टेलब टक... तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ', प्रधानमन्त्री शाहले भनेका थिए, 'यो कुरा अस्ति भर्खर थाहा भयो। हामीले मिचेका छौँ। उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोच राखेका छौँ।'

    प्रधानमन्त्रीको यो अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा प्रश्नसमेत उठाएको थियो। यसको सत्यताबारे खोजी गरी असत्य भए प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसको थियो। साथै उपसभापति शर्माले पनि यस विषयमा रास्वपाको धारणा मागेका छन्।

    ‘देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जन पटक सोचेर बोल्नुपर्छl संवेदनशील कूटनीतिक प्रश्नमा संयम र परिपक्वता झनै जरूरी हुन्छl  `सरकार बालेन´ को मत प्रधान कि `व्यक्ति बालेन´ को मत मुख्य? रास्वपाको धारणा के हो? सीमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुनलागेका हौं?,’ उपसभापति शर्माको प्रश्न छ।

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १८:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij