Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने


  • 813
    Shares

    • images
    पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने
    images

    काठमाडौं । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सिसी क्यामरा जडान गरिएको छ । साथै बसको टिकट पनि अनलाइनमार्फत काट्न सकिने व्यवस्था गरिएको हो ।

    सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गर्ने तयारी गरिरहेसँगै पूर्व यातायात व्यवस्थापन प्रालिले भने काठमाडौँको नयाँ बसपार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामरा जडान गरेको हो ।

    पूर्वयातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले नयाँ बसपार्कबाट पूर्वका विभिन्न स्थानमा चल्ने ८१ सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामरा जडान गरिएको जानकारी दिएका छन् । काठमाडौँ-पूर्व सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विसं २०८० साउनदेखि एउटै कम्पनीमा आबद्ध गराएर सञ्चालन गरिँदै आइएको छ ।

    उक्त कम्पनीमार्फत हाल तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काकँडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर कटारी, जनकपुर, राजविराज, विरगञ्जलगायत स्थानमा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

    कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले सरकारले अगाडि सारेको कार्ययोजनालाई पूर्व यातायात व्यवस्थापन प्रालिले कार्यान्वयनमा ल्याएको बताएका छन् ।

    उनले अब यथाशीघ्र आफ्नो कम्पनीको बसमा ‘लगेज ट्याग’ लागू गरिने जानकारी दिएका छन् । उनका अनुसार पूर्व क्षेत्रमा जाने यात्रुको सहजताका लागि प्रालिले ‘अनलाइन टिकट’ प्रणालीसमेत लागू गरिसकेको छ ।

     

    images
    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १७:०७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij