Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री संसदमा उपस्थित हुनु सकारात्मक : सांसद केसी

प्रधानमन्त्री संसदमा उपस्थित हुनु सकारात्मक : सांसद केसी


  • 778
    Shares

    प्रधानमन्त्री संसदमा उपस्थित हुनु सकारात्मक : सांसद केसी
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री संसदमा उपस्थित हुनु र जवाफ दिन तयार हुनुलाई सकारात्मक भएको बताएका छन् । 

    आइतबारको प्रतिनिधिसभा बैठकमा नियमावली विपरीत प्रधानमन्त्री रोष्टममा पुगेर सांसदहरूलाई प्रश्न गर्न भनेपछि केही सांसदले नियमापत्ति जनाएपछि सांसद केसीले यस्तो बताएका हुन् । 

    केसीले भने, ‘प्रधानमन्त्री बडो नाटकीय ढङ्गले जवाफ दिन उपस्थित हुनुभएको छ । यो अन्य देशमा पनि प्रचलन छ । तर, नियमावलीअनुसारको प्रोसेसलाई निरन्तर दिनुपर्छ’, ‘कानुनी राज्यमा रुल अफ ल र रुल बाई ल पनि हुन्छ ।’

    सत्ताको स्वार्थका अनुकूल हुनेगरी कानुन बनाउने देखिएको भन्दै लोकतान्त्रिक दायित्व नभुल्न प्रधानमन्त्रीलाई केसीले आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री शाहले मानवअधिकार आयोगमात्र होइन सबै आयोगका प्रतिवेदन सरकारले अध्ययन गरेर कामकारबाही अघि बढाउने बताएका छन् । 

     

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १३:५५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij