Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वनस्थलीबाट शोभा पाठकको उद्धार

वनस्थलीबाट शोभा पाठकको उद्धार


  • 3.0K
    Shares

    वनस्थलीबाट शोभा पाठकको उद्धार
    images

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले उद्धार गरेको छ ।

    पाठकले शनिवार राति भावुक गीतमा रुँदै गरेको भिडियो पोस्ट गरेकी थिइन् । उनलाई बालाजुस्थित वनस्थलीबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् ।

    प्रहरीले उनलाई काउन्सिलिङका लागि चिकित्सककहाँ लगेको छ । उनलाई मनमोहन अस्पतालमा लगिएको एसपी भट्टराईले बताएका छन् । पाठकले नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएकी छन् ।

    गएराति पोस्ट गरेको भिडियोमा उनले ‘ए साथी सम्झनामा आऊ है, तिम्रो लागि संसारै रोयो तर तिमी नरोई नरोई जाऊ है’ भन्ने गीतको व्याकग्राउण्डमा आफ्नो भिडियो पोस्ट गरेकी थिइन् । प्रहरीले उनका परिवारका सदस्यलाई पनि बोलाएको छ ।

     

     

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १०:३६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij