Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अमेरिकामा नेपाली नर्स ममता बेपत्ता भएको झन्डै दुई वर्षपछि नयाँ प्रमाण फेला

अमेरिकामा नेपाली नर्स ममता बेपत्ता भएको झन्डै दुई वर्षपछि नयाँ प्रमाण फेला


  • 3.1K
    Shares

    अमेरिकामा नेपाली नर्स ममता बेपत्ता भएको झन्डै दुई वर्षपछि नयाँ प्रमाण फेला
    images

    काठमाडौं । अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्षपछि यस प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ । 

    सन् २०२४ को जुलाई–अगस्ट महिनामा आफ्नो घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी र अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्राहरू फेला परेका हुन् । 

    भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसन्धानकर्ताहरूले बरामद गरेका यी प्रमाणहरूलाई अहिले राज्यका अधिकारीहरूले थप परीक्षण गरिरहेका छन् । फक्स फाइभले प्राप्त गरेको अदालतको नयाँ दस्तावेज अनुसार फरेन्सिक अनुसन्धानकर्ताहरूले उक्त आराबाट संकलन गरिएका प्रमाणहरूको विस्तृत विश्लेषण गरेका छन् । 

    वैज्ञानिकहरूले परीक्षण गरेका सामग्रीहरूमा तीनवटा कपाल, १३ वटा कपालका टुक्रा, केही रेशा र फोहोरका कणहरू रहेका छन् । अनुसन्धानकर्ताहरूले सुरुमा यी प्रमाणहरूको भिजुअल परीक्षण गर्नुका साथै ‘स्टेरियो माइक्रोस्कोपी’ प्रविधिको प्रयोग गरेका थिए र त्यसपछि थप फरेन्सिक विश्लेषण अगाडि बढाएका हुन् ।

    अदालतको अभिलेख अनुसार आरामा फेला परेका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’ का लागि उपयुक्त हुन सक्ने देखिएको छ । ती कपाललाई थप विस्तृत परीक्षणका लागि फरेन्सिक बायोलोजी सेक्सनमा पठाइएको छ । 

    यद्यपि, त्यहाँ भेटिएका अन्य १३ वटा कपालका टुक्रा भने न्युक्लियर डीएनए परीक्षणका लागि उपयुक्त नभएको फरेन्सिक अधिकारीहरूले जनाएका छन् । आराबाट बरामद गरिएका ती कपालहरू अहिले राज्यको सेन्ट्रल ल्याबोरेटरीमा थप डीएनए विश्लेषणको प्रक्रियामा रहेका छन् ।

    यस बहुचर्चित प्रकरणमा ममताका श्रीमान् नरेश भट्टमाथि कानुनी कारबाहीको प्रक्रिया जारी छ । उनलाई श्रीमतीको हत्या गरेको र शव लुकाएको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएको छ । अभियोजकहरूले नरेशले नै ममताको हत्या गरेको दाबी गरे पनि हालसम्म ममताको शव भने फेला पर्न सकेको छैन । 

    सन् २०२४ मा ममता बेपत्ता भएदेखि नै अमेरिकी प्रहरी र फरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ । अहिले फेला परेको नयाँ प्रमाणले सरकारी वकिल र अनुसन्धानकर्ताहरूलाई नरेश भट्टविरुद्धको मुद्दा अझ बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    डीएनए परीक्षणको रिपोर्ट आएसँगै यस रहस्यमय घटनाबारे थप तथ्यहरू बाहिर आउने अनुमान गरिएको छ ।

     

    प्रकाशित मिति :जेठ १६ २०८३ शनिवार - १३:१६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij