Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सार्वजनिक संस्थानलाई बलियो बनाउने सरकारको घोषणा

सार्वजनिक संस्थानलाई बलियो बनाउने सरकारको घोषणा


  • 1.3K
    Shares

    सार्वजनिक संस्थानलाई बलियो बनाउने सरकारको घोषणा
    images

    काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

    बजेट वक्तव्य पढ्दै अर्थमन्त्रीले भने, ‘सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुजी वृद्धि अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्नेछाैँ ।’

    उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकका नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरिएको छ । वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गरिने भएको छ ।

    राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गरिने भएको छ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभ्ने गरी पूर्वाधार विशिष्टकृतरुपमा विकास गरिने भएको छ ।

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १६:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij