Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत


  • 1.9K
    Shares

    राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत
    images

    काठमाडौं । सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । शुक्रवार शीतल निवासमा  एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहति उत्कृष्ट १४ जनालाई सम्मान गरेका हुन् । 

    सम्मानित हुने किसानहरु प्रदेशगत रुपमा देशभरबाट छनोट गरिएको कृषि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सम्मानित कृषकहरूले राज्यबाट प्राप्त सम्मानले कृषि पेशाप्रति थप ऊर्जा, उत्साह र मनोबल बढाएको बताएका छन् । कृषक वसन्तराज अवस्थीले राज्यको तर्फबाट प्राप्त यो सम्मान कुनै एक किसानको नभई सम्पूर्ण नेपाली किसानको सम्मान भएको बताए ।

    उनले खेतबारीमा पसिना बगाउने किसानको योगदानलाई सरकारले पहिचान गरेको अनुभुति भएको बताउँदै यस्ता पुरस्कारले कृषि पेशालाई मर्यादित, सम्मानित र आकर्षक पेशाका रूपमा स्थापित गर्न सहयोग पुग्ने धारणा राखे । अवस्थीले कृषि क्षेत्रमा रहेको सम्भावनालाई उजागर गर्दै युवा पुस्तालाई कृषि पेशातर्फ आकर्षित गर्न आफू निरन्तर लागिरहेको समेत बताए । 

    उनले सरकारले कृषि नीतिमा केही सुधार गर्दै व्यवसायिक र वैज्ञानिक कृषि नीति अवलम्वन गरे मात्र कृषि पेसाको पुस्तान्तर सम्भव हुने बताए ।   

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १३:५९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij