Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

युवा इन्जिनियरहरुलाई प्रोत्साहन गर्न त्रिवि र एयरवसबीच सहमति

युवा इन्जिनियरहरुलाई प्रोत्साहन गर्न त्रिवि र एयरवसबीच सहमति


  • 1.3K
    Shares

    युवा इन्जिनियरहरुलाई प्रोत्साहन गर्न त्रिवि र एयरवसबीच सहमति
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय र एयरबसबीच त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा  अध्ययरत विद्यार्थीहरुलाई इन्टर्नसिप गराउने सहमति भएको छ ।शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    राष्ट्रिय अन्तरराष्ट्रीय सेमिनार तथा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले  सहमतिपत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा सुशील बहादुर बज्राचार्य र एयरवस का अध्यक्ष जुर्गेन वेस्टरमेयरले हस्ताक्षर गरेका हुन ।

    सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा सुशील बहादुर बज्राचार्यले शिक्षालाई उद्योगसँग जोडने कार्यलाई निरन्तरता दिँदै विद्यार्थीहरुलाई अधिकतम अवसर निर्माणमा लागिरहने धारणा व्यक्त गरे ।

    एयरबसका अध्यक्ष जुर्गेनले नेपाल युवाशक्ति भएको गतिशील देश भएको उल्लेख गर्दै उक्त अवसरलाई विकासमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । त्रिवि र एयरबसबीचको उक्त सहमतिले युवा इन्जिनियरहरुमा सैद्बान्तिक सँगै व्यावहारीक ज्ञान बढाउन महत्वपूर्ण योगदान दिने अपेक्षा छ ।

    नेपालका लागी फ्रान्सका राजदुत भर्जिनी कोर्टेभलले नेपालले नागरीक उड्ययनका क्षेत्रमा गुणस्तीय विकास गर्ने अपेक्षा गर्दै सहमतिलाई महत्वपूर्ण प्रारम्भको रुपमा उल्लेख गरे।

    कार्यक्रममा नेपाल नागरीक उड्ययन प्राधिकरणका कार्यकारी निर्देशक मुकेश डंगोलले समग्रदेशलाई जोडने र पर्यटनक्षेत्रलाई विस्तार गर्ने आधारस्तम्भ रहेको उड्ययन क्षेत्रलाई थप प्रतिस्पर्धी,व्यवस्थित र व्यावसायिक बनाउँदै जनताका आकांक्षाहरुलाई क्रमश सम्वोध गर्दै लैजाने बताए ।

    सहमतिपत्रमा इन्जिनियरिङ्ग अध्ययन संस्थानमा एयरोस्पेस इन्जिनियरिङ्मा अध्ययरत विद्यार्थीहरुलाई र एयरबसको तर्फबाट प्रोत्साहन गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १३:१७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij