Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत घेराउ गर्दै

मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत घेराउ गर्दै


  • 743
    Shares

    • images
    मिटरब्याज पीडितहरूले धनुषा जिल्ला अदालत घेराउ गर्दै
    images

    काठमाडौं । मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन् । बिहीवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डले यस्तो जानकारी दिएको हो । 

    पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले अगामी मंगलवार मिथिला कमाण्ड र भोजपुरा कमाण्डको नेतृत्वमा शान्तीपूर्ण रुपमा धनुषा जिल्ला अदालत घेराउ गरिने बताएका छन् । उनले पीडितहरुको विगत १२ दिनदेखि आन्दोलनरत भएपनि राज्यपक्ष आफूहरुका मागप्रति राज्य गम्भीर नभएको आरोप लगाएका छन् ।

    उनले भने, ‘हामी विगत १२ दिनदेखि आन्दोलनमा छौँ । १२ दिनसम्म पनि पीडितहरुको कुरा सुनेका छैनन् । छलफलमा समेत मिटरब्याज धनीहरुले वास्ता गरेनन् । पीडितहरुको समस्या नसुनेको कारण अब हामी आन्दोलनलाई अगाडी बढाउँदैछौँ । हामीहरु यही जेठ १९ गतेको दिन मिथिला कमाण्डको आयोजनामा धनुषा जिल्ला अदालत घेराउ गर्दैछौँ । आन्दोलनमा आठ हजारदेखि दश हजारसम्म सहभागि हुन्छौँ ।’

    उनले धनुषा  जिल्ला अदालत घेराउका लागि मधेश प्रदेशभरबाट ८ देखि १० हजार पीडित सहभागि हुने बताएका छन् । 

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १६:०५:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij