२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक हुने दिन शुक्रबार देशभरका भन्सार कार्यालयहरूमा जाँचपासको कार्य बन्द रहने भएको छ ।
भन्सार विभागले एक सर्कुलर जारी गर्दै मातहतका सबै भन्सार कार्यालयहरूलाई शुक्रबार यात्रु जाँचपास बाहेकका अन्य व्यापारिक मालवस्तुको जाँचपास रोक्न निर्देशन दिएको हो ।
अर्थमन्त्रीले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको वार्षिक आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने दिन करका दरहरूमा हेरफेर हुने भएकाले विभागले यस्तो सर्कुलर गरेको हो ।
विभागका अनुसार जेठ १४ गते आजसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्रै जाँचपास गरिसक्नुपर्नेछ । यदि बिहीबारसम्म प्रज्ञापनपत्र दर्ता भएर पनि जाँचपास हुन बाँकी रहेमा ती वस्तुहरूमा नयाँ बजेट (आर्थिक विधेयक २०८३) ले तोकेको नयाँ करको दर लागू हुनेछ ।
जेठ १६ गते शनिबारबाट भन्सार जाँचपास पुनः सुरु गर्दा आर्थिक विधेयक २०८३ मार्फत भएका परिवर्तनहरू भन्सारको आसिकुडा प्रणालीमा अद्यावधिक भएरनभएको यकिन गरेर मात्र जाँचपास गर्न विभागले निर्देशन दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij