Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिभुवन विमानस्थलमा नयाँ ट्याक्सीवे सञ्चालनमा

त्रिभुवन विमानस्थलमा नयाँ ट्याक्सीवे सञ्चालनमा


  • 897
    Shares

    त्रिभुवन विमानस्थलमा नयाँ ट्याक्सीवे सञ्चालनमा
    images

    काठमाडौं । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सम्पन्न गरिएको नयाँ समानान्तर ट्याक्सीवे ‘पी’ तथा रनवे २० तर्फका ट्याक्सीवे ‘एस’ र ‘टी’ को सञ्चालन शुभारम्भ गरिएको छ।  बिहीबार बिहान एक विशेष समारोहका बिच ती नयाँ ट्याक्सीवेहरूको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो। 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौला तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले संयुक्त रूपमा यसको उद्घाटन गरेका हुन्।

    नयाँ ट्याक्सीवे प्रणाली सञ्चालनमा आएपछि विमानस्थलमा जहाजहरूको ‘ग्राउण्ड मुभमेन्ट’ थप व्यवस्थित, सुरक्षित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले विमानहरू धावनमार्गमा रहने समयलाई घटाउने छ। जसका कारण आकाशमा जहाज होल्ड हुने र धावनमार्गजाम हुने समस्या कम भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र सञ्चालन क्षमतामा उल्लेखनीय अभिवृद्धि हुने विश्वास लिइएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो परियोजना हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत निर्माण गरिएको हो। विमानस्थलको मौजुदा पूर्वाधारलाई सुदृढ बनाउँदै हवाई उडानलाई थप सुरक्षित र समयसापेक्ष बनाउने रणनीति अनुरूप यसलाई अघि बढाइएको थियो। 

     

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १३:२३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij