Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा ३ वर्षे बालकको मृत्यु

सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा ३ वर्षे बालकको मृत्यु


  • 1.0K
    Shares

    सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा ३ वर्षे बालकको मृत्यु
    images

    काठमाडौं । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पोलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।

    सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको टेम्पोलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वार्ड नं ६ सेमेरीका तीन वर्षीय महफुज मुसलमानको मृत्यु भएको हो।

    गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्।

    उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका अन्य ८ जना भने सामान्य उपचारपछि घर फर्केका छन्। 

     

     

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १३:१२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij