Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कुलमानलाई हर्क साम्पाङको पत्र: 'पार्टी एकता गरौँ'

कुलमानलाई हर्क साम्पाङको पत्र: 'पार्टी एकता गरौँ'


  • 1.4K
    Shares

    कुलमानलाई हर्क साम्पाङको पत्र: 'पार्टी एकता गरौँ'
    images

    काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस चलिरहेका बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताका लागि निमन्त्रणा गरेका छन्। 

    श्रम संस्कृति पार्टीको संसदीय दलका अध्यक्षसमेत रहेका राईले आफूमा समाहित हुन बुधबार निम्ता गरेको जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दिएका हुन्। 

    साम्पाङले फेसबुकमा लेखेका छन्, ‘केपी ओली र प्रचण्ड मिल्न सक्ने, प्रचण्ड र शेर ब. देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्नेरुरुरु यस्तो नि हुन्छरुरुरु मिल्नुपर्छ भनेर मैले निम्तो पठाछु हिजो।’

    यसअघि उनले पार्टीमा सुदन किराँतीको समूहलाई आफ्नो पार्टीमा मिलाइसकेका छन्।  

    यसअघि चैतमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भाँडिएपछि कुलमानको पार्टीले एक्लै चुनाव लडेको थियो, जसमा घिसिङ स्वयं काठमाडौँ-३ बाट पराजित भएका थिए भने पार्टीले एक सिट पनि जित्न सकेको थिएन। अर्कोतर्फ, हर्क साम्पाङको पार्टीले पूर्वमाओवादी नेता सुदन किराँतीको समूहसँग पनि एकता प्रक्रिया अगाडि बढाएको पृष्ठभूमिमा कुलमानसँगको यो संवादलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

    ऊर्जा क्षेत्रमा सफल मानिएका कुलमान घिसिङ र भुइँमान्छेको राजनीति गरिरहेका हर्क साम्पाङबीच पार्टी एकता भएमा त्यसले नेपाली राजनीतिमा, विशेषगरी नयाँ पुस्ता र स्वतन्त्र मतदाता माझ ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ। 

     

     

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १२:१६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij