२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पटनाको गंगा नदीमा डुङ्गा पल्टिएको छ। पटना जिल्ला प्रशासनले अहिलेसम्म दुई जनाको शव निकालिएको बताएको छ।
अरु सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन्। प्रशासनका अनुसार बिहीबार बिहान बाढ उपविभागको उमानाथ घाटनजिकै बिन्द टोलीबाट सो डुंगामा १४ जना समस्तीपुर जिल्लाको मोहिउद्दीननगरको सुल्तानपुर डायरातर्फ जाँदै थिए।
तीव्र हुरीका कारण समस्तीपुरको सुल्तानपुर डायरा नजिकै डुङ्गा पल्टिएको हो। यो समाचार लेख्दासम्म सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता छन्। अहिलेसम्म दुई जनाको शव निकालिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij