२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहअन्तर्गत कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूहका विभिन्न रिक्त पदहरूमा बढुवा सिफारिस सूची प्रकाशन गरेको हो।
नर्सिङतर्फ १ जना प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ। नेपाल प्रहरी अस्पताल नर्सिङ विभागमा कार्यरत निरूषा महर्जन डीएसपीका लागि सिफारिस भएकी हुन् ।
ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि कम्प्युटरतर्फ ५ जना प्रहरी निरीक्षकहरू डीएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन्। सिफारिस हुनेहरूमा बेचन कुमार यादव, संदिप कार्की, जय प्रकाश सिंह, सत्येन्द्र कुमार मिश्र र कृष्ण नाथ रहेका छन् ।
चिकित्सकतर्फ रिक्त ९ जना डीएसपी पदका लागि डा.अमित कुमार ठाकुर, डा. ऋतुराज बराल, डा. एलिना श्रेष्ठ, डा. प्रभाकर श्रेष्ठ, डा. रमन घिमिरे, डा. महादेव देउजा, डा.संजिव कुमार यादव, डा. सुवास चन्द्र गौतम, डा. रजनी महर्जन सिफारिस भएका छन् ।
विधिविज्ञान उपसमूहतर्फ १ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ। नेपाल प्रदेश प्रहरी कार्यालय विधिविज्ञान इकाई पोखरामा कार्यरत यमलाल बस्नेतलाई डीएसपी पदका लागि सिफारिस गरिएको हो।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij