Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल प्रहरीका १४ प्राविधिक वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

नेपाल प्रहरीका १४ प्राविधिक वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस


  • 1.3K
    Shares

    नेपाल प्रहरीका १४ प्राविधिक वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस
    images

    काठमाडौं । प्रहरीको प्राविधिक समूहका १४ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो । 

    स्वास्थ्य उपसमूह नर्सिङतर्फ दुईजना वरिष्ठ सईलाई इनस्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा गीता बाराकोटी र निर्मला महत रहेका छन् । 

    इन्जिनियरिङ उपसमूहको आवास तथा भौतिकतर्फ दुईजना वरिष्ठ नायव निरीक्षक (सई)लाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरुमा चूडामणि विष्ट र प्रविण मचामसी रहेका छन् । 

    इन्जिनियरिङ उप समूहको कम्युटरतर्फ ३ जना वरिष्ठ सईहरुलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ भने सिफारिस हुनेमा कुन्दन कुमार झा, तीर्थराज खनाल र शान्ति शाक्य रहेका छन् । 

    प्राविधिक समूहको सञ्चारतर्फ ४ जनालाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सञ्चारतर्फ सिफारिस हुनेमा विजय कुमार शाह, हिरासिंह विष्ट, लिला कुमार गोले र कुल बहादुर खड्का रहेका छन् । 

    विधिविज्ञान तर्फ श्रद्धा लामालाई वरिष्ठ सईबाट इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । केनाइनतर्फ कार्यरत वरिष्ठ सई कुमार मगरलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ । 

    त्यसैगरी प्राविधिक समूहको संगिततर्फ गोपाल परियारलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको बढुवा समितिले जनाएको छ ।

    b1.jpg

     

    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १०:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij