२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदनले नख्खु कारागारबाट कैदीबन्दीहरू भागेको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदद्वय मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने किटान गरेको छ ।
यस प्रकरणमा रास्वपाका नेताद्वय झा र ढकालको भूमिका र संलग्नताका विषयमा पनि अनुसन्धान गरेर कानुन बमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।
लामिछानेलाई कारागारबाट बाहिर निकाल्ने प्रक्रिया र त्यसपछिका घटनाक्रमहरूमा यी नेताहरूको उपस्थिति र भूमिकाले गर्दा अनुसन्धानको घेरामा उनीहरू पनि परेका हुन्।
प्रतिवेदनको प्रकरण १५ मा कारागार प्रशासक सत्यराज जोशी र रास्वपा सभापति रवि लामिछानेको बयान एक-अर्कासँग पूर्ण रूपमा बाझिएको उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij