२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमा केपी शर्मा ओलीलाई राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेको छ ।
आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानव अधिकार उल्लंघन सम्बन्धमा तयार पारेको छानबिन समितिको प्रतिवेदनमाओलीलाई दोषी ठहर गरिएको हो ।
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्ने गरी विभिन्न सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विषयलाई लिएर सुरु भएको आन्दोलन हिंसात्मक भई सुरक्षाकर्मीको गोली लागी १९ जनाको मृत्यु भएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।
भदौ २३ गते बेलुका र २४ गते दिउँसोसम्मको सुरक्षा अवस्था विश्लेषण गर्दा नेपाली सेनाबाहेक सबै सुरक्षा संयन्त्र असफल भएको देखिएको अवस्थामा पनि मन्त्रिपरिषदले सेनाको सहयोग लिनेबारे कुनै निर्णय गरेको नपाइएको आयोगले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij