Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोला प्रक्रिया’ हटाउनेबारे छलफल भएको छैन: सर्वोच्च अदालत

गोला प्रक्रिया’ हटाउनेबारे छलफल भएको छैन: सर्वोच्च अदालत


  • 708
    Shares

    गोला प्रक्रिया’ हटाउनेबारे छलफल भएको छैन: सर्वोच्च अदालत
    images

    काठमाडौं । सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’  हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको बताएको छ ।

    सर्वोच्च अदालतले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्पबारे भइरहेका चर्चा र समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताएको हो । 

    अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित त्यस्ता समाचारहरू तथ्यमा आधारित नभएको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह  समेत गरेको छ। 

    विगत केही समयदेखि ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ बमोजिम मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको छ ।

      

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १४:५८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij