Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

काेशी प्रदेश सभामा पूर्वमुख्यमन्त्रीले नै भाँचे पोडियमको माइक

काेशी प्रदेश सभामा पूर्वमुख्यमन्त्रीले नै भाँचे पोडियमको माइक


  • 883
    Shares

    काेशी प्रदेश सभामा पूर्वमुख्यमन्त्रीले नै भाँचे पोडियमको माइक
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काेशी प्रदेश सभामा पोडियममा पुगेर भाँडभैलो गरेको छ।

    कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम पारित गरेर जाने सहमति गरेको नेकपाले मंगलबारको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम माथि संशोधन हाल्न नदिएको भन्दै सदन अवरुद्ध गरेको थियो।

    काेशी प्रदेश सभामा सांसदलाई नीति तथा कार्यक्रममा संशोधन हाल्न नदिई पारित गरिएको भन्दै विपक्षी दलले बुधबार पनि सदन अवरोध गरेको हो।

    काेशी प्रदेश सभामा गत जेठ ७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएका थिए। मुख्यमन्त्रीको जवाफ दिएलगत्तै सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गरेका थिए।

    यति बोलिसकेपछि सभामुख अम्बरबहादुर विष्टले जसपाका तर्फबाट दलको नेता निर्मला तावा लिम्बुलाई बोल्न समय दिएका थिए। लगत्तै प्रतिपक्षी दल सदन घेराउ गर्न पुगेको थियो। पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले रोष्ट्रममै पुगेर पोडियमको माइक थुतर भाँचेका थिए।

    प्रक्रियामा सहभागी हुने अनि सदनको माइक भाँचिएपछि सभामुख कड्किएका थिए। प्रदेश सभा सञ्चालन नियमावलीको दफा ३७ मा प्रदेश सभा सदस्यहरूले संशोधन हाल्न सक्ने व्यवस्था भए पनि त्यही बुँदालाई टेकेर सभामुखले उपयुक्त ठहर्‍याएमा मात्रै संशोधन हाल्न दिन सक्ने भन्ने व्याख्या गरेका छन्।

    नीति तथा कार्यक्रम पारित हुँदासम्म चुप लागेर सुतेर बसेको प्रतिपक्ष सांसदहरू पारित भइसकेको विषयलाई लिएर अहिले सदनमा तोडफोडमा उत्रिएको छ। सदन घेराउ गर्न गएका सांसद राईले सभामुखलाई भन्दै थिए, ‘तपाईं आफ्नो तरिकाले जानुस्, हामी हाम्रै तरिकाले जान्छौैँँ।’ निकैबेरको रस्साकस्सी पछिको सदन आधा घण्टाका लागि स्थगित भएको छ। 

     

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १४:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij