Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ वटा नोक्सानीमा

४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ वटा नोक्सानीमा


  • 1.0K
    Shares

    ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ वटा नोक्सानीमा
    images

    काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा रहेका छन् भने १६ नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका छन् । 

    बुधवार अर्थमन्त्री अर्थमन्त्री डा।स्वर्णिम वाग्ले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२\०८३ को आर्थिक सर्वेक्षणमा यस्तो उल्लेख गरिएको हो ।

    अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका थिए । 

    २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल ७ खर्ब ९८ अर्ब ५६ करोड रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।  

     

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १४:२४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij