Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

५० हजार घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

५० हजार घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर


  • 3.0K
    Shares

    ५० हजार घुससहित पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
    images

    काठमाडौं । लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत क्षेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस माग गरेको आरोपमा केहीअघि पक्राउ परेका थिए । 

    अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

    अनुसन्धानका क्रममा क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ विपरित कसुर गरेको पाइएकाले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिएका छन् । 


    । 

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १४:०९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij