२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको सहभागितामा दोस्रो संस्करणको ‘एभरेस्ट समिटर्स समिट–२०२६’ आयोजना गरिएको छ।
एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रपति राम चन्द्र पौडेल सहभागी भएका थिए।
सो अवसरमा राष्ट्रपति पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष आग्रह गरेका थिए । सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल गर्न र अन्तर्राष्ट्रिय सहकार्य तथा संवाद वृद्धि गर्न यस्ता सम्मेलनको विशेष महत्व रहने उल्लेख गरेका छन् ।
सन् १९५३ मा शाहसी पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेसँगै सुरु भएको पर्वतीय पर्यटनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै राष्ट्रपतिले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान प्रकट गरेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij