Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वीरगञ्जका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतको अनुमति

वीरगञ्जका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतको अनुमति


  • 1.0K
    Shares

    वीरगञ्जका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतको अनुमति
    images

    जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

    अदालतले उनीहरूविरुद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो। सात दिन भित्रमा पक्राउ परे अदालतमा उपस्थित गराइदिन भनिएको छ। यस्तै त्यो अवधिमा पक्राउ नपरे ३५ दिने सूचना तामेल गर्न र पक्राउ परे उपस्थित गराइदिन अदालतले जिल्ला प्रहरी कार्यालयलाई भनेको छ।

    अदालतले अनुमति दिएसँगै मेयर सिंहसहितका प्रतिवादीहरूको खोजी भइरहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। पक्राउ गरेर अदालतमा उपस्थित गराइने उनले बताए।

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १९:५८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij