२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले सांसद गिताकुमारी सेङदाङलाई बाहिर निकालेकोप्रति आपत्ति जनाएको छ । कांग्रेस सचेतक निश्कल राईले नियमापत्ति गरेर तस्बिर खिचेको निहुँमा सभामुखको आदेशबिना मर्यादापालकले बाहिर निकालेको बताएका छन्।
सांसद राईले भने, ‘हाम्रो पार्टीकी सांसद गिताकुमारी सेङ्दाङलाई मर्यादा पालकले फोटो खिचेका निहुमा बाहिर निकालेका छन् । सभामुखको आदेशबेगर गरेको गतिविधि अमान्य हुन्छ । पहिला सचेत बनाउने हो, त्यस गर्दासमेत नमानेपछि बाहिर निकाल्ने हो । कानेखुसीबाट सदन अगाडि बढ्न सक्दैन’।
सभामुख अर्यालले भने, ‘गिता कुमारी सेङदाङ सभामुखतर्फ स्पष्टसँग देखिने गरी फोटो खिच्नुभयो । त्यो सभा सञ्चालनको नियमावली विपरीत थियो । खिचेको हो कि होइन, चेकजाँच गरिएको हो । उहाँलाई बाहिर निकालिएको छैन’ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij