Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एमालेको प्रश्नः प्रधानमन्त्री संसदसँग किन तर्सिएको ?

एमालेको प्रश्नः प्रधानमन्त्री संसदसँग किन तर्सिएको ?


  • 1.1K
    Shares

    एमालेको प्रश्नः प्रधानमन्त्री संसदसँग किन तर्सिएको ?
    images

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह संसदसंग किन तर्सिरहेको भन्दै प्रश्न उठाएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको आरोप लगाएका छन् । 

    यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसदसँग किन त्रसित छ ? संसदलाई छल्ने प्रयास किन भइरहेको छ ? उनको प्रश्न छ । प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै उनले सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको बताएका छन् । उनले संविधानको धारा ७६(१०) र धारा ८१ को भावना सरकारले उल्लङ्घन गरिरहेको उल्लेख गरेका छन्। 

    उनका अनुसार संविधानले प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ, तर प्रधानमन्त्री अहिलेसम्म संसदमा उपस्थित भएर कुनै पनि विषयमा जवाफ दिन आउनुभएको छैन । उनले कार्यपालिका र राष्ट्रपतिबीच दूरी सिर्जना गर्ने प्रयास भइरहेको आरोप पनि लगाएका छन् । राष्ट्रपति संस्थालाई अपमानित र बाइपास गर्ने गतिविधि भइरहेको उनको भनाई छ ।

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १५:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij