Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राज्यले महिलासँग सार्वजनिक रूपमा माफी माग्नुपर्छः सांसद गीता गुरुङ

राज्यले महिलासँग सार्वजनिक रूपमा माफी माग्नुपर्छः सांसद गीता गुरुङ


  • 1.0K
    Shares

    राज्यले महिलासँग सार्वजनिक रूपमा माफी माग्नुपर्छः सांसद गीता गुरुङ
    images

    काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले विगतमा भएका संरचनागत विभेद र कुप्रथाका कारण महिलाले भोग्नुपरेको पीडाप्रति राज्यले औपचारिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छन् । 

    प्रतिनिधि सभाको हालैको बैठकमा बोल्दै सांसद गुरुङले सरकारले दलित समुदायसँग माफी मागेर सकारात्मक शुरुवात गरेको उल्लेख गर्दै अब महिलाहरूसँग पनि क्षमायाचना गर्नुपर्ने बताएकी छन् । सांसद गुरुङले नेपाली इतिहासमा महिलाहरूले पुस्ताौंदेखि विभेद, हिंसा र वञ्चितीकरणको सामना गर्नुपरेको तथ्य प्रश्तुत गरीन् ।

    उहाँले सती प्रथा, बोक्सीको लाञ्छना, छाउपडी जस्ता कुप्रथा र नागरिकता तथा सम्पत्तिमाथिको अधिकारमा भएको विभेदका कारण महिलाहरू सधैँ दोस्रो दर्जाको नागरिकका रूपमा रहनुपरेको उल्लेख गरीन् । २०१६ सालमा विपी कोईरालाले दक्षिण एशियाकै पहिलो महिला मन्त्रीका रूपमा द्वारिकादेवी ठकुरानीलाई नियुक्त गरेको र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा महिला मन्त्रालय तथा राष्ट्रिय महिला आयोगको स्थापना भएको उल्लेख गर्दै उहाँले ती पहलहरूप्रति आभार व्यक्त गरीन् ।

    सांसद गुरुङले वर्तमान सरकारको नीति तथा कार्यक्रममा महिलाका मुद्दाहरू पर्याप्त रूपमा नसमेटिएकोमा चासो व्यक्त गरन्।ि आगामी बजेटमा ग्रामीण क्षेत्रका श्रमिक महिलादेखि उद्यमीहरूसम्मलाई न्यायको अनुभुति हुनेगरी कार्यक्रम ल्याउन उनले सरकारको ध्यानाकर्षण गराइन् । 

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १४:४७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij