Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

थानकोट-चन्द्रागिरी-चित्लाङ सडक दुई साता बन्द हुने

थानकोट-चन्द्रागिरी-चित्लाङ सडक दुई साता बन्द हुने


  • 848
    Shares

    थानकोट-चन्द्रागिरी-चित्लाङ सडक दुई साता बन्द हुने
    images

    काठमाडौं । थानकोट-चन्द्रागिरी-चित्लाङ सडक खण्ड दुई साता बन्द हुने भएको छ। 

    सडक डिभिजन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै निर्माण तथा स्तरोन्नति कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न १४ दिनका लागि सडक बन्द गरिने जनाएको छ। सडक डिभिजन कार्यालयले चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकालाई पत्राचार गर्दै जेठ १७ देखि ३० गतेसम्म पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रूपमा बन्द रहने जानकारी गराएको हो।

    सडक डिभिजन कार्यालय, काठमाडौंका अनुसार यस सडकखण्डमा अहिले निर्माण सुधार कार्य सञ्चालन भइरहेको छ। तर सडकको भौगोलिक बनावट जटिल हुनु, साँघुरा मोड तथा जोखिमयुक्त क्षेत्र धेरै हुनुका साथै निर्माणस्थल हुँदै सवारीसाधन सञ्चालन भइरहँदा काममा अवरोध सिर्जना भएको जनाइएको छ। 

    निर्माण सामग्री ओसारपसार, सडक कटिङ, ढलान तथा अन्य प्राविधिक काम भइरहेका कारण सवारी आवागमन जारी राख्दा दुर्घटनाको जोखिम बढ्ने भएकोले सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको छ। सडक डिभिजन कार्यालयले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न र यात्रु तथा कामदारको सुरक्षालाई ध्यानमा राख्दै केही समयका लागि सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको जनाएको छ। 

    यस अवधिमा सडक प्रयोग गर्ने सवारीसाधन तथा यात्रुले वैकल्पिक मार्ग प्रयोग गराउन दुई वटा स्थानीय तहलाई भनिएको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी यात्रुलाई सहजता प्रदान गर्ने तयारीसमेत गरिएको बताइएको छ।

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १३:०२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij