Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

१०–१५ दिनमा रोपाइँ सुरु हुँदैछ, मलको अभाव नहोस्: सांसद सिंह

१०–१५ दिनमा रोपाइँ सुरु हुँदैछ, मलको अभाव नहोस्: सांसद सिंह


  • 750
    Shares

    १०–१५ दिनमा रोपाइँ सुरु हुँदैछ, मलको अभाव नहोस्: सांसद सिंह
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। 

    मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रोपाइँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताएका हुन्। 

    सरकारले हालसम्म पनि किसानलाई मल उपलब्ध नगराएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरेका छन्। सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका छन्। 

    उनले भने, ‘अब रोपाइँको सिजन सुरु हुने बेला छ। पर्याप्त मलको व्यवस्था सरकारले गरोस्। किनकि अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन। अब १०-१५ दिनपछि रोपाइँको सिजन सुरु हुन्छ। तेस्रो, बागमतीको कटानको उचित व्यवस्थापन गरियोस्।’

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १२:४८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij