Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीको तत्काल विदेश भ्रमणको योजना नरहेको सरकारको स्पष्टीकरण

प्रधानमन्त्रीको तत्काल विदेश भ्रमणको योजना नरहेको सरकारको स्पष्टीकरण


  • 757
    Shares

    प्रधानमन्त्रीको तत्काल विदेश भ्रमणको योजना नरहेको सरकारको स्पष्टीकरण
    images

    काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको बताएका छन् । 

    सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्य व्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनैपनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारेका छन् । 

    प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको विदेश भ्रमणलाई जोडेर गरिएको चर्चाका सन्दर्भमा स्पष्ट पार्दै मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी अहिले सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ । सभापतिज्युको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।’

    बजेट निर्माणको तयारीका विषयमा जानकारी दिँदै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेटको कामलाई तिब्रता दिएको उल्लेख गरेका छन् । उनकाअनुसार अधिकांश मन्त्रालयहरूले आ-आफ्नो योजना र कार्यक्रमहरू प्रश्तुत गरिसकेका छन् र बजेट निर्माण प्रक्रिया व्यवस्थित ढङ्गले अघि बढिरहेको छ । 

    आगामी गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन हुने वा नहुने भन्ने प्रश्नमा उनले यसबारे मन्त्रिपरिषद्मा कुनै विशेष छलफल नभएको जानकारी दिएका छन् । यद्यपि, प्रधानमन्त्रीले आवश्यकता र उपयुक्तताका आधारमा उचित समयमा सम्बोधन गर्ने उनको भनाइ थियो । 

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १७:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij