Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने

रास्वपा सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने


  • 1.1K
    Shares

    रास्वपा सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन् । रास्वपाका एक पदाधिकारीले लामिछानेको यस भ्रमण निश्चित भएको पुष्टि गरेका छन् ।

    परराष्ट्र मन्त्रालय स्रोतले भने लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भएर असार २० गते सम्पन्न हुने बताएको छ। भ्रमणको आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको रास्वपाका ती नेताले बताएका छन् ।

    फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुनलागेको यो पहिलो विदेश भ्रमण हो ।

    यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बालेनलाई बधाई दिँदै भारतको भ्रमणको निम्तो दिएका थिए ।   

     

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १५:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij