Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’

‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’


  • 911
    Shares

    ‘प्रतिनिधि सभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्त्वपूर्ण’
    images

    काठमाडौं । गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

    निर्वाचन आयोग, नेपालले सोमबार विराटनगरमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले प्रदेशभरिका मतदान केन्द्रहरूमा कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालनमा आएका चुनौती र त्यसको समयमै गरिएको समाधान निर्वाचन सफलताका रूपमा रहेको बताएका छन्।

    सहभागीहरूले प्रदेशको भौगोलिक रूपमा विकट हिमाली तथा पहाडी जिल्लाहरूदेखि सुगम तराईका जिल्लाहरूमा मतपेटिका, मतपत्र पुर्‍याउन सुरक्षाकर्मीहरूको प्रभावकारी रूपमा परिचालन प्रशासनको महत्पूर्ण कार्य रहेको विचार राखेका छन् ।

    निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले निर्वाचन निष्पक्ष रूपमा रहेको स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मान्यता भएको प्रतिवेदन दिएको बताए। उनले आगामी दिनमा निर्वाचनलाई ‘ग्रिन इलेक्सन’का रूपमा कार्यान्वयन गर्ने धारणा राख्दै सहभागीबाट प्राप्त सुझावलाई आगामी दिनमा सुधार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

    मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले प्रतिनिधिसभा निर्वाचन-२०८२ लाई सफल, स्वच्छ एवं भयरहित वातावरणमा सम्पन्न सबैले आ-आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण सहयोग प्राप्त गरेको बताए।

    आयोगका सहसचिव कमल ज्ञवालीले यस निर्वाचनमा सबैभन्दा कम मत बदर भएको जनाउँदै देशका सबै वडामा एकरएक जनालाई मतदाता शिक्षाका लागि खटाइएको जानकारी दिए।

    उक्त निर्वाचनमा आयोगले रु चार अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ खर्च भएकामा मतदाता सङ्ख्या एक करोड ७९ लाख तीन हजार ६६९ लाई आधार मान्दा प्रतिमतदाता औसत खर्च रु २६३ भएको सोही अवसरमा जनाइएको छ।

    समीक्षा कार्यक्रममा प्रदेशका १४ जिल्ला निर्वाचन अधिकारीहरू, मोरङका निर्वाचन अधिकृत, पर्यवेक्षक, स्यवंसेवक, मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

     

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १५:५४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij