Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दुई तिहाइको सरकार हुने बित्तिकै देशमा स्थिरता र विकास हुने होइनः अध्यक्ष दाहाल

दुई तिहाइको सरकार हुने बित्तिकै देशमा स्थिरता र विकास हुने होइनः अध्यक्ष दाहाल


  • 1.0K
    Shares

    दुई तिहाइको सरकार हुने बित्तिकै देशमा स्थिरता र विकास हुने होइनः अध्यक्ष दाहाल
    images

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले दुई तिहाईको सरकार बन्ने बित्तिकै देशमा राजनीतिक स्थिरता नहुने बताएका छन्। 

    सोमवार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले दुई तिहाइको सरकार बनेकै आधारमा देशमा राजनितिक स्थायित्व सुनिश्चित नहुने बताएका छन्। उनले नेपालमा यसअघि पनि दुई तिहाई र स्पष्ट बहुमत भएका सरकार बनेपनि पूरा कार्यकाल टिक्न नसकेको स्मरण गरेका छन् ।

    उनले सरकारको सफलता स्पष्ट योजना, जनताको आवश्यकता पहिचान र तत्कालीन समस्याको समाधानमा निर्भर हुने बताएका छन् । उनले दुईतिहाई संख्याले भन्दापनि दीर्घकालिन योजनाले स्थिरता ल्याउने दाबी गरेका छन्। वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

    लोकतन्त्र बलियो बनाउन स्वतन्त्र पत्रकारिता र सञ्चार क्षेत्रको भुमिका अत्यन्त महत्वपूर्ण रहेको उनको भनाई छ । सञ्चारमाथि नियन्त्रण वा संकुचन गरिएमा लोकतान्त्रिक अभ्यास कमजोर हुने उहाँले बताएका छन्। सञ्चार क्षेत्रले सरकारका उपलब्धि प्रचार गर्ने तथा कमजोरी औंल्याउने, सुझाव दिने र गल्ती सच्याउने जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । यद्यपि सञ्चार क्षेत्र पनि विधि, प्रक्रिया र संवैधानिक मर्यादाभित्र सञ्चालन हुनुपर्ने उनको भनाई छ । 

    उनले राष्ट्रिय सभामा पेश हुने विधेयकलाई आगाडी बढाउनुअघि सरोकारवालासँग छलफल गरिने उल्लेख गर्दै सञ्चारसम्बन्धी विधेयकमा सम्बन्धमा पनि छलफल गरेर मात्रै अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् । उनले पत्रकार र सञ्चारमाध्यमका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १५:१४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij