Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सुनुवाइ सुरु

शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सुनुवाइ सुरु


  • 1.1K
    Shares

    शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सुनुवाइ सुरु
    images

    काठमाडौं । प्रधान न्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले आफूले लगेका रिटमा दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका थिए । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ भइरहेको छ । वहस सकिएपछि रिट दर्ता गर्न आदेश दिने वा दरपीठ सदर गर्ने भन्ने विषयको टुंगो लाग्नेछ ।
     
    सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तबरबाट गत वैशाख २५ गते प्रधान न्यायाधीश सिफारिसविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश भएको थियो । 

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १४:३६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij