Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सुनुवाइ सुरु

शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सुनुवाइ सुरु


  • 1.3K
    Shares

    शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सुनुवाइ सुरु
    images

    काठमाडौं । प्रधान न्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट दरपीठविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले आफूले लगेका रिटमा दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका थिए । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ भइरहेको छ । वहस सकिएपछि रिट दर्ता गर्न आदेश दिने वा दरपीठ सदर गर्ने भन्ने विषयको टुंगो लाग्नेछ ।
     
    सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तबरबाट गत वैशाख २५ गते प्रधान न्यायाधीश सिफारिसविरुद्ध परेका तीनवटा रिट दरपीठ गर्ने आदेश भएको थियो । 

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १४:३६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij