Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि ३ जनाको नाम सिफारिस

नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि ३ जनाको नाम सिफारिस


  • 3.3K
    Shares

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि ३ जनाको नाम सिफारिस
    images

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। चारजना उम्मेदवार  छनोट गरेर छलफल गरेको समितिले तीनजनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको हो। 

    जेठ ८ गते समितिले उम्मेदवारहरुसँग अर्थ मन्त्रालयमा छलफल गरेको थियो। संक्षिप्त सूचीको मन्त्रालय स्रोतका अनुसार विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम अध्यक्षका लागि सिफारिस गरिएको छ। 

    आचार्य बोर्डकै कार्यकारी निर्देशक हुन्। क्षेत्री र भट्ट दुवै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सम्भवतस् यही बैठकले सिफारिसमा परेका तीनजनामध्येबाट एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने तयारी छ।  

    बोर्ड अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ३ अनुसार समिति गठन गरिएको थियो। समितिले वैशाख १५ मा इच्छुक व्यक्तिको विवरण माग गरेको थियो। तोकिएको म्यादभित्र ४७ जनाले आवेदन दिएका थिए।

        
     

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १४:०८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij