Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कांग्रेस एकता जोगाउन शेखर कोइरालाका ५ प्रस्ताव

कांग्रेस एकता जोगाउन शेखर कोइरालाका ५ प्रस्ताव


  • 1.0K
    Shares

    कांग्रेस एकता जोगाउन शेखर कोइरालाका ५ प्रस्ताव
    images

    काठमाडौं । नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइरालाले ५ प्रस्ताव राखेका छन् ।  आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायतसँग डा. कोइरालाले पार्टीका एकता कायम राख्न भन्दै ५ प्रस्ताव राखेको सचिवालयले जानकारी दिएको हो । 

    सभापति गगन थापासँग निरन्तर संवादमा रहेका कोइरालाले पार्टी विभाजन रोक्नको लागि मध्यमार्गी प्रस्ताव अघि सारेका हुन्। 

    सभापति थापाले पनि पार्टी एकता कायम राख्नको लागि आफू लचक हुन तयार रहेको बताउँदै आइरहेका छन्। शेरबहादुर देउवा र कोइराला समूहलाई समेटेर १५ औँ महाधिवेशन गर्नको लागि तयार रहेको बताउँदै आइरहेका छन्।

    यस्ता छन्, कोइरालाका पार्टी एकता कायम राख्न गर्नुपर्ने ५ प्रस्ताव 

    १) १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।
    २) १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।
    ३) १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।
    ४) कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।
    ५) निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।

     

     

     

     

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १२:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij