Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

उपराष्ट्रपतिसँग सभामुख अर्यालको शिष्टाचार भेटवार्ता

उपराष्ट्रपतिसँग सभामुख अर्यालको शिष्टाचार भेटवार्ता


  • 694
    Shares

    उपराष्ट्रपतिसँग सभामुख अर्यालको शिष्टाचार भेटवार्ता
    images

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अर्याल यादवलाई भेट्न सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका हुन् । 

    भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राष्ट्रिय मुद्दाका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार भेटमा लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने, संसदलाई जनमुखी र प्रभावकारी बनाउने तथा राजनीतिक स्थायित्व कायम गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।   

     

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - ११:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij