Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

६ महिना २२ दिन घर्संदै भारतबाट पशुपतिनाथ आइपुगे मनोज कुमार यादव

६ महिना २२ दिन घर्संदै भारतबाट पशुपतिनाथ आइपुगे मनोज कुमार यादव


  • 1.4K
    Shares

    ६ महिना २२ दिन घर्संदै भारतबाट पशुपतिनाथ आइपुगे मनोज कुमार यादव
    images

    काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घ र्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् ।

    भारतबाट नेपालसम्मको यात्रा शरीर घ र्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताएका छन् ।

    लामो समयको कठिन यात्रापछि पशुपतिनाथ पुगेपछि यादव निक्कै खुशी देखिन्थे । पशुपतिमा उनलाई दर्शनार्थी तथा स्थानीयले चासोका साथ हेरेका थिए । असम्भव जस्तै लाग्ने यो यात्रा उनको धार्मिक विश्वास, दृढ इच्छाशक्ति र समर्पणका कारण आज पूरा भएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - ११:२८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij