२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो ।
देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् ।
देउवाले अनुसन्धानमा सहयोग गर्न मन्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।
देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए। उनी त्यहाँबाट काठमाडौँ फर्किएका छैनन् । उनी विरुद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij