Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बागमती नदीमा बेपत्ता भएका २ जनाको मृत्यु, ३ जनाको सकुशल उद्धार

बागमती नदीमा बेपत्ता भएका २ जनाको मृत्यु, ३ जनाको सकुशल उद्धार


  • 1.4K
    Shares

    बागमती नदीमा बेपत्ता भएका २ जनाको मृत्यु, ३ जनाको सकुशल उद्धार
    images

    काठमाडौं । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना सकुशल भेटिएका छन् ।

    रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्‍ग् पुल मुनिबाट शनिबार दिउँसो ४ बजेतिर ५ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ ।

    मृत भेटिनेमा लालबन्दी नगरपालिका-९ बस्तीपुरका १८ वर्षका रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो रहेका छन् । 

    रोहितको शव सर्लाहीको बागमती नगरपालिका-११ स्थित पुल नजिकै आज आइतबार फेला परेको प्रहरीले बताएको छ। त्यस्तै आइतबार साढे १ बजेतिर गणेशको शव पनि बागमती नदीको ड्याम साइडमा फेला परेको प्रहरीले बताएको छ।

    सर्लाहीको बरहथवा नगरपालिका-५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षका मोहम्द अखतर र सर्लाहीको ब्रहमपुरी गाउँपालिका-३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएको प्रहरीले बताएको छ ।

    उनीहरू कसैलाई नभनी रौतहट र सिन्धुलीको सिमानामा पर्ने बागमतीको झपसी झोलुङ्‍गे पुल पुगेको र त्यहाँबाट नदी तर्ने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १७:१८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij