Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बसपार्कमा अचेत अवस्थामा फेला परेका युवकको साथबाट एक लाखभन्दा बढी नगद बरामद

बसपार्कमा अचेत अवस्थामा फेला परेका युवकको साथबाट एक लाखभन्दा बढी नगद बरामद


  • 1.4K
    Shares

    बसपार्कमा अचेत अवस्थामा फेला परेका युवकको साथबाट एक लाखभन्दा बढी नगद बरामद
    images

    काठमाडौं । पूर्वीनाकाको मेचीनगर नगरपालिका-६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।

    अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोश भएर लडिरहेको अवस्थामा ३२ वर्षीय हरि थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

    उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारपछि  ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रवक्ता खड्काले बताएका छन् ।

    थापाका साथबाट बरामद गरिएको उक्त नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको प्रवक्ता खड्काले बताएका छन् । प्रहरीले उनको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गरे पनि हालसम्म फोन लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल-भारत बस सेवाबाट रात्रिबसमार्फत काठमाडौँ जाने गरी टिकट लिइसकेका थिए  । नशाले लट्ठिएपछि उनको बस छुटेको थियो ।

     

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १६:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij