Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

बसपार्कमा अचेत अवस्थामा फेला परेका युवकको साथबाट एक लाखभन्दा बढी नगद बरामद

बसपार्कमा अचेत अवस्थामा फेला परेका युवकको साथबाट एक लाखभन्दा बढी नगद बरामद


  • 1.5K
    Shares

    बसपार्कमा अचेत अवस्थामा फेला परेका युवकको साथबाट एक लाखभन्दा बढी नगद बरामद
    images

    काठमाडौं । पूर्वीनाकाको मेचीनगर नगरपालिका-६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।

    अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोश भएर लडिरहेको अवस्थामा ३२ वर्षीय हरि थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

    उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारपछि  ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रवक्ता खड्काले बताएका छन् ।

    थापाका साथबाट बरामद गरिएको उक्त नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको प्रवक्ता खड्काले बताएका छन् । प्रहरीले उनको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गरे पनि हालसम्म फोन लाग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल-भारत बस सेवाबाट रात्रिबसमार्फत काठमाडौँ जाने गरी टिकट लिइसकेका थिए  । नशाले लट्ठिएपछि उनको बस छुटेको थियो ।

     

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १६:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij