Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु

गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु


  • 3.2K
    Shares

    गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु
    images

    काठमाडौं । ललितपुर महानरपालिका-१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका ८ वर्षीया छोरी रोशनी छिन् ।

    शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१-०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो ।

    जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएकोमा शनिबार साँझ करिब ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

    जिप चालक मकवानपुरको हेटौडा नगरपालिका-४ घर भइ ललितपुर हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताएका छन् ।

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १३:३२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij