Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बाजुरा र हुम्लाको विवादले कर्णाली कोरिडोर बन्द

बाजुरा र हुम्लाको विवादले कर्णाली कोरिडोर बन्द


  • 1.0K
    Shares

    बाजुरा र हुम्लाको विवादले कर्णाली कोरिडोर बन्द
    images

    काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको भन्दै हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आइतबारदेखि अनिश्चितकालका लागि कर्णाली कोरिडोर बन्द गरेको हो। 

    यसअघि जेठ ८ गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राजनीतिक दलहरूबिच भएको २४ घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ।

    हिमाली गाउँपालिका वडा नं ३ को लाम्पाटामा स्थानीयका घरहरूमा लुटपाट र तोडफोड हुनुका साथै स्थानीय बासिन्दामाथि निर्मम कुटपिट भएको थियो। क्लबका अनुसार हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू यस घटनामा संलग्न रहेका छन्। 

    लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्नुपर्ने, हुम्ला जिल्लाका संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई लुटिएको धनमालको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउनुपर्ने, कुटपिटबाट घाइते भएका स्थानीयहरूको उपचारको जिम्मा पीडक पक्षले लिनुपर्ने, लाम्पाटा च्याचौरका विस्थापित परिवारलाई पुनर्स्थापित गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र निर्माणाधीन प्रहरी चौकी भवनमा पुर्‍याइएको क्षतिको क्षतिपूर्ति भराई भवन निर्माण कार्य तुरुन्त अगाडि बढाउनुपर्ने क्लबको माग छ । 

      696178998_986416910440345_7904461626170674654_n_FBeAWWB31u.jpg

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १२:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij