Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिम्लेमा ट्रकको ठक्करबाट गोरखाका मोटरसाइकल चालक श्रेष्ठको मृत्यु

सिम्लेमा ट्रकको ठक्करबाट गोरखाका मोटरसाइकल चालक श्रेष्ठको मृत्यु


  • 1.8K
    Shares

    सिम्लेमा ट्रकको ठक्करबाट गोरखाका मोटरसाइकल चालक श्रेष्ठको मृत्यु
    images

    धादिङ। धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

    आज बिहान करिब ७:२० बजे भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा नगरपालिका-७ निवासी २५ वर्षीय आदर्श श्रेष्ठलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो। तर, उनको अवस्था गम्भीर भएपछि कलंकीस्थित नेपाल नेशनल अस्पतालमा थप उपचारका क्रममा बिहान ८ः२३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

    ट्रक चालक धादिङको गजुरी गाउँपालिका-६ बन्छेटार निवासी ५५ वर्षीय पशुराम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिए।

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १०:३६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij