Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ट्रम्प भित्र बसिरहेका बेला ह्वाइट हाउसबाहिर गोली चल्यो

ट्रम्प भित्र बसिरहेका बेला ह्वाइट हाउसबाहिर गोली चल्यो


  • 1.6K
    Shares

    ट्रम्प भित्र बसिरहेका बेला ह्वाइट हाउसबाहिर गोली चल्यो
    images

    अमेरिकाको ह्वाइट हाउसनजिक सुरक्षा जाँच चौकीमा गोली चलेको छ । शनिबार साँझ वाशिङ्टन डीसीस्थित १७औँ सडक र पेन्सिल्भेनिया एभिन्यूको चेकपोइन्टमा गोली चलेको हो ।

    गोली चलेपछि अमेरिकाको गुप्तचर सेवाका सुरक्षाकर्मीले ती गोली चलाउने व्यक्तिलाई गोली हानी मारेका छन् । ती व्यक्ति सर्वसाधारण रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

    ती व्यक्तिले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा उनी घाइते भएका थिए र अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको छ ।

    घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेका थिए, तर उनी सुरक्षित रहेको जनाइएको छ । गोलीकाण्डपछि ह्वाइट हाउस क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् । अनुसन्धान जारी रहेको भन्दै आक्रमणकारीको पहिचान र उद्देश्य सार्वजनिक गरिएको छैन ।

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - ०७:०५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij