Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोरखामा सुपर त्रिशूली हाइड्रोपावरको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखामा सुपर त्रिशूली हाइड्रोपावरको पर्खालबाट खसेर मजदुरको मृत्यु


  • 1.2K
    Shares

    गोरखामा सुपर त्रिशूली हाइड्रोपावरको पर्खालबाट खसेर मजदुरको मृत्यु
    images

    गोरखा । गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक मजदुरको मृत्यु भएको छ ।

    गण्डकी गाउँपालिका–१ बुट्टारमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत एक मजदुरको काम गर्ने क्रममा पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

    मृत्यु हुनेमा सप्तरी जिल्ला घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेको उनको भनाइ छ । दिउँसो करिब २ः४५ बजे पर्खालबाट खसेर गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि चितवन आधारभूत अस्पतालमा पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

    हाइड्रो निर्माणस्थलमा रहेको अन्दाजी २० मिटर अग्लो पर्खालबाट यादव अचानक तल खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८३ शनिवार - ०६:१०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij