Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रवि विरुद्धको अभियोगपत्र संशोधन गर्न अदालतको आदेश, अब सहकारीको मुद्दा मात्र अघि बढ्ने

रवि विरुद्धको अभियोगपत्र संशोधन गर्न अदालतको आदेश, अब सहकारीको मुद्दा मात्र अघि बढ्ने


  • 981
    Shares

    रवि विरुद्धको अभियोगपत्र संशोधन गर्न अदालतको आदेश, अब सहकारीको मुद्दा मात्र अघि बढ्ने
    images

    काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको मुद्दामा रवि लामिछानेसहितको ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी हटाउन सरकारलाई अनुमति दिएको छ । 

    न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अभियोगपत्र संशोधन गरी ‘सहकारी ठगी’ को मुद्दालाई मात्र निरन्तरता दिने गरी आदेश जारी गरेको हो ।

    गोविन्द अधिकारी समेतको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा गितेन्द्र बाबु (जीबी) राई, छविलाल जोशी र रवि लामिछाने लगायतलाई प्रतिवादी बनाइएको छ । 

    अदालतले पीडित बचतकर्ताहरूको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ । आदेशमा भनिएको छ, ‘पीडित जाहेरवालाहरूको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूले पनि सोही माग गरेको देखिन्छ ।’

    अदालतले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी रहिरहँदा प्रतिवादी र जाहेरवालाबीच मिलापत्र हुने वा रकम फिर्ता पाउने प्रक्रिया थप जटिल र कानुनी रूपमा समय लाग्ने देखिएकाले अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो । 

    यसअघि प्रतिवादी रवि लामिछानेको हकमा मात्र भएको यस्तो निर्णयलाई अब अन्य प्रतिवादीहरूको हकमा पनि लागू हुने गरी त्रुटि सच्याइएको आदेशमा उल्लेख छ ।

     

    r1.jpgr2.jpg

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १७:२८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij