Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

धादिङमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु

धादिङमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु


  • 1.0K
    Shares

    धादिङमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु
    images

    काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर-७ स्थित राम्चेमा सञ्चालित ढुंगा खानीमा ठुलो ढुंगा खसेर टिपरलाई किच्दा चालकको मृत्यु भएको छ । सोही गाउँपालिका घर भएका ३२ वर्षीय दीपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले बताएका छन् ।

    काठमाडौँ महानगरपालिका वडा नम्बर-५ बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको बज्रकाली रोडा ढुंगा उद्योगमा ढुंगा लोड गर्न भनेर दीपेन्द्र बा.५ख ८५८० नम्बरको टिपर लिएर त्यहाँ पुगेका थिए । 

    खानी क्षेत्रमा प्रवेश गरेपछि अचानक माथिबाट आएर ठुलो ढुंगाले टिपर सहित चालकलाई किचेको थियो । स्थानीयले खानी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै दीपेन्द्रको शव घटनास्थलबाट निकाल्न दिएका छैनन् । घटनाबारे इलाका प्रहरी कार्यालय खानी खोलाले अनुसन्धान गरिरहेको छ ।  

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १६:५५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij